
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्य नजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराए पछि अहिले जीवनकै बीमा हुने गरि इसेवालाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाए ।इसेवालाइफ केयर एकटर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रू ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ बर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यस योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ ।यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्य नजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि यसमा जिबन बीमा पनि समाबेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।इसेवालाइफ केयर योजनामा टर्मलाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ ।इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानु पर्नेछ ।
इसेवालाइफ केयर खरिद कसरी गर्ने ?
१. इसेवाकेयर अप्सनमा क्लिक गर्नुपर्नेछ ।
२. त्यसपछि त्यहाँ इसेवाकेयर रइसेवालाइफ केयरको अप्सन देखिनेछ ।
३.इसेवालाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ ।
४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ ।
५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ ।इसेवाप्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ ।
हाल देशभर इसेवाको मोबाइल एप्स्डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको कम्पनीले जनाए । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ ।इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।