२०८१ बैशाख २५ , मंगलबार

न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न न्याय परिषदले गर्यो सिफारिस

Nayaparisad

सुनाखरी न्युज/ काठमाडौं ।
न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ।

परिषद बैठकले उनीहरूलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको परिषदका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए।

उनका अनुसार दुवैलाई संविधान र न्याय परिषद ऐन अनुसार बर्खास्त गर्न सिफारिस गरिएको हो।

संविधानको धारा १४२ उपधारा १ ९ग० अनुसार उच्च अदालतका न्यायाधीश र १४९ को उपधारा ६ ९ग० मा जिल्ला न्यायाधीशको कार्यक्षमता अभाव खराब आचरण लगायतमा कारबाही भए पदमुक्त गर्न सकिने व्यवस्था छ।

 

न्याय परिषद ऐनमा भने पहिला सचेत गराइएका न्यायाधीशहरूले फेरि कार्यक्षमता नसुधारे वा आचरण विपरित काम गरेमा बर्खास्त गर्न सक्ने व्यवस्था छ।

बैठकले काठमाडौं जिल्ला राजकुमार कोइरालालाई अनुगमन निगरानीमा रहने गरी सचेत गराइएको छ। उनलाई महोत्तरी सरूवा गरिएको न्याय परिषदले जनाएको छ।