२०८१ जेठ ६ , आइतवार

अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

Capture

सुनखरी न्युज/ काठमाडौं ।
अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको छ । आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताउनुभयो । बँदेलको आक्रमणबाट उहाँको कम्मरमा गहिरो चोट लागेको छ ।  रासस