२०८१ जेठ १ , मंगलबार

मतदाता नामावली दर्ता कार्य स्थगन

Capture

सुनखरी न्युज/ काठमाडौं ।
मिति २०७९ मंसिर ४गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन पश्चात्रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचनक्षेत्र नं. २को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १को प्रदेश सभा सदस्यको रिक्त पदका लागि

मिति२०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी आयोगबाट मिति २०८० फागुन १३ गते मिति तोकिएको छ।मतदाता नामा वली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल

नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले मिति२०८०फागुन १३गते निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।