२०८१ बैशाख १५ , शनिवार

नयाँ वान युआइ अपडेटले ल्यायो ग्यालेक्सी एआइलाई अझ धेरै ग्यालेक्सी डिभाइसहरूमा

Capture

सुनखरी न्युज/ काठमाडौं ।
मोबाइल एआइको विश्वव्यापी विस्तार लाई गति दिन, सामसङले ग्यालेक्सी एआइको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यम बाट अब अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाइएको छ ।

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसंग आबद्ध यो अद्यावधिकले अन-डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने छ ।“ग्यालेक्सी एआइसंग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरुलाई सशक्त बनाउनु पनि हो ।”

सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम ¥होले भन्नु भयो । “यो ग्यालेक्सी एआइको शुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असिमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने रहेको छ ।”

व्यवधानहरु रहित सञ्चार सेवा
एआई संचालित मोडलहरुमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरुको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरुले लिन सक्नेछन् । यी विशेषताहरुमा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेटगर्ने सुविधा समेत संलग्न छन् । ग्यालेक्सी प्रयोगकर्ताहरुले लाइभ ट्रान्सलेट मार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरुका लागि आवाज र टेक्स्ट अनुवादहरु उपलब्ध गराउने छ । इन्टरप्रिटरको साथमा प्रयोगकर्ताहरु आफ्नोयात्राको दौरानमा स्थानीयहरुसंग तत्काल कुराकानी गर्न सक्षम हुनेछन् किनकी स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्टहरु अनुवाद गरेर देखाउनेछ ।

अतुलनीय उत्पादकत्व
ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआइको व्यापक एकीकरणले एआई समर्थित मोडलहरुमा प्रयोगकर्ताहरुलाई निर्वाध रुपमा दैनिक कार्य गर्न सक्षम बनाउँदै दक्षताको नयाँ स्तरहरु संचालन गराउँछ । सर्कल टु सर्च वीथ गुगल मार्फत् खोज प्रणालीहरुको सुधार गरिएको हुँदा सजिलै आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज परिणामहरु पाउन सकिनेछ । नोट एसिस्ट जस्ता विशेषताले प्रयोगकर्ताहरुलाई फम्र्याटहरु सिर्जना गर्न, साराँशहरु रचना गर्न र टिप्पणीहरु अनुहवाद गर्न मद्दत गर्दछ भनें ब्राउजिङ एसिस्टले समाचार सामग्रीहरुको समग्र साराँशहरु एकै क्षणमा तयार गर्दछ । ट्रान्सक्रिप्ट एसिस्टले मिटिङहरुको रेकर्डिङ्ग गरि सजिलैसाराँशहरु तथा अनुवादहरु तयार पार्न सक्छ ।

तपाईंको भित्री कलाकारको लागि अतुलनीय सिर्जनशिलता
ग्यालेक्सी एआइको साथमा सामसङले व्यक्तिको सिर्जनशील सम्भाव्यतालाई उजागर गर्न आफ्नो भूमिकालाई दोब्बर बनाएको छ । ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरुको सेट उपलब्ध गराएको छ, जसले फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ । जेनेरेटिभ इडिट मार्फत् एआई समर्थित उपकरणहरुले फोटोहरुलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन् । यस्तै प्रयोगकर्ताहरुले इडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन् ।

इन्स्ट्यान्ट स्लो–मो ले चलायमान फलहरु क्याप्चर गर्न सुस्त गतिको भिडियोहरुका लागि अतिरिक्त फ्रेमहरु तयार गर्ने हुनाले धेरै सटहरु बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ ।सिर्जनशीलता र व्यक्तित्वकरण त्यत्तिमै रोकिदैन, ग्यालेक्सी उपकरणहरुलाई अनुकूलन गर्न एआई निर्मित वालपेपरहरु मार्फत पहिलेभन्दा झन् सजिलो भएको छ, र एआई समर्थित उपकरणहरुले प्रयोगकर्ताहरुको सिर्जनशीलतालाई सक्षम बनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स कं.लि. बो बारेमा ।

सामसङले विश्वलाई प्रेरित गर्दै परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथमा भविष्यको आकार कोर्दै आएकोछ । कम्पनीले टिभि, स्मार्टफोन, वेरेवल्स् उपकरण, ट्याब्लेट, घरायसी सामान, नेटवर्क प्रणाली, र मेमोरी प्रणाली, एलएसआई, फाउण्ड्री र एलइडि सामानहरुको पुनः परिभाषित गरिरहेको छ र आफ्ना स्मार्ट उपकरणहरुको मैत्री प्रणालीद्वारा निर्वाध सम्पर्कको अनुभव दिलाइरहेको छ भनें सहकार्यको लागि साझेदारहरुलाई खुल्ला राखेको पनि छ ।