२०८१ जेठ ७ , सोमवार

समृद्धि फाइनान्सको पुतलीसडक, नारायणगढ र बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Capture

सुनखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्सले फाल्गुण ११गते संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमार पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतली सडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको बताए ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।