२०८१ जेठ २ , बुधवार

राष्ट्र बैंकको सहयोगमा सहकारी संस्थाको अनुगमन गर्ने तयारी

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्र बैंकको सहयोगमा सहकारी विभागले  सहकारी संघ-संस्थाहरूको अनुगमन नियमन गर्ने भएको छ । खासगरी, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको वित्तीय स्थिति अनुगमन गर्नेगरी विभागले राष्ट्र बैंकसमक्ष सहयोगका लागि अपिल गरेसँगै बैंकले प्रतिनिधि पठाउन तयार भएको हो ।

सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले तीनजना प्रतिनिधि उपलब्ध गराएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । योसँगै अबको केही दिनमा नै सहकारी अनुगमनको काम थालनी गरिने समेत उनले बताए ।

सहकारी संस्था अनुगमन तथा नियमनको नेतृत्वको जिम्मेवारी विभागका उपरजिष्ट्रारलाई प्रदान गरिएको छ ।

सहकारी अनुगमन नियमनको मोडालिटी भने हालसम्म यकिन हुन सकेको छैन ।