२०८१ बैशाख १६ , आइतवार

सातामा ५६ अङ्कले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षापछि निरनतर गिरावट

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५६.१९ अङ्कको गिरावट आएको छ । जम्मा चार दिन कारोबार भएको यो साता सबै कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आएको हो । यो साताको सोमबार प्रजातन्त्र भएकाले कारोबार बन्द थियो ।

 

यो साता नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो गत साताको तुलनामा न्यून कारोबार हो ।

गत साता नेप्सेमा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत साता ५ दिन नै नेप्से कारोबार भएको थियो ।