२०८१ बैशाख २१ , शुक्रवार

नवोदित विद्या कुञ्ज स्कूलले मनायो ३१ औं अविभावक दिवस (फोटो फिचर सहित)

1

सुनाखरी न्युज/ काठमाडौं ।
नवोदित विद्या कुञ्ज स्कूलले शानिबार एक बिशेष समारोहकोआयोजना गरी ३१ औं अविभावक दिवस मनाएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष केदारनाथ खनालको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा परराष्ट्रविद् प्रा. डा. जयराज आचार्य प्रमूख अतिथि रहनु भएको थियो भने काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष खेमराज तिवारी बिशेष अतिथिका रुपमा उपस्थित हुन भएको थियो ।

 

 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त लोकदोहोरी कलाकारहरुको बाक्लो उपस्थिति रहेको सो समारोहमा स्कूलका प्रचार्य राजेन्द्र अधिकारी र सहायक प्राचार्य जिवी अधिकारीले विद्यालय स्थापनाको तीन दशक लामो यात्रा र त्यसक्रममा भोगेका आरोह अवरोहरुको बारमो चर्चा गर्नुभएको थियो ।

 

 

कार्यक्रको दोस्रो सत्रमा विद्यालयका विद्याथीले आ-आफ्नो तर्फवाट नाचगान तथा मनोरञ्जनात्मक कृयाकलापहरु प्रश्तुत गरेर कार्यक्रमलाई उल्लासमय वनाउनुभएको थियो ।

 

 

त्यसक्रममा विद्यार्थीका अविभावक तथा नवोदित स्कूल तथा कलेजका विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । नवोदित स्कूल तथा कलेज काठमाडौं उपत्यकाकै एक चर्चित एवं सस्तो मुल्यमा गुणस्तरीस्य शिक्षा प्रदान गर्ने संस्था हो ।