२०८१ जेठ ४ , शुक्रवार

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

Capture

सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।।शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो।अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ।

केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो।प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ। प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने ।