२०८१ बैशाख १७ , सोमवार

मध्य गाजामा इजरायली विस्फोट ४० को मृत्यु १००घाइते : हमास मिडिया कार्यालय

Capture

सुनाखरी न्युज/काठमाडौं ।
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुरÞ्याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो । चिकित्सा स्रोतका अनुसार अल–अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ । रासस/सिन्ह्वा