२०८१ बैशाख १७ , सोमवार

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

gold-1

सुनाखरी न्युज/काठमाडौं ।
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन बिहीबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी शुक्रबार १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।