२०८१ बैशाख १७ , सोमवार

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वर्ष पुरा

Capture

सुनाखरी न्युज/काठमाडौं ।
नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३६ औं वर्ष पुरा गरी ३७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीले जनाए ।अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

 

कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहरीमा रकम जम्मा भएको जनाए। आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्यार ५००कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।कम्पनीले स्थापना काल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमा शुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५लाख ५६ हजार बीमा लेख जारी गरेको छ र कूल रु.३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवाप्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।