२०८१ बैशाख २० , बिहिवार

भारतमा मुल्य घटेका गाडीहरु ­नेक्सन र टियागोको मुल्य नेपालमा नघट्ने

Capture

सुनाखरी न्युज/काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले भारतमा मुल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागो टियागोइभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ ।

टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु नाडा अटो शो देखि नै“इन्ट्रो डक्टरी“मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ । यसबिचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मुल्य यथाबत नै रहने छ।

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध छ।