२०८१ बैशाख १५ , शनिवार

हिन्दु राष्ट्रका लागि एक हजार ६१ महासमिति सदस्यले गरे हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए।भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्।

ढकालका अनुसार पूर्वमहामन्त्री डा.शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए । हन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन ।

यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।