२०८१ बैशाख १७ , सोमवार

दक्षिण चीनमा पुलमा जहाज ठोक्किँदा दुईको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब साढे पाँच बजे एउटा कन्टेनर जहान नान्सा जिल्लाको लिक्सिनसा पुलको घाटसँग ठोक्किएको थियो । दुर्घटनामा एउटा मोटरसाइकिलसहित पाँच सवारी प्रभावित भएका थिए । तीमध्ये दुई नदीमा र अर्को जहाजमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका छन् । उद्धार प्रयास जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।  रासस