२०८१ बैशाख १७ , सोमवार

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।

स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।

प्रत्यक्षदर्शीहरूले एक इजराइली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।

यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ ।  रासस/सिन्ह्वा