२०८१ बैशाख १७ , सोमवार

सुन–चाँदीको भाउ घट्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।