२०८१ बैशाख २१ , शुक्रवार

भारतमा मूल्य समायोजन भएका टाटा इभी गाडीहरु नेपालमा लन्च गर्न बाँकी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागो इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ । उक्त इभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु नाडा अटो शो देखि नै “इन्ट्रोडक्टरी“ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ । यसबिचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मुल्य यथाबत नै रहने छ।

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध छ।