२०८१ बैशाख १७ , सोमवार

आजको मौसमः कोशी र मधेशमा वर्षाको सम्भावना, काठमाडौंमा छिटफुट पानी पर्न सक्ने

weither

सुनाखरी न्युज/ काठमाडौं ।

आज देशभर आंशिकदेखि साधारणतया बदली छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार राति दाङ, लमजुङ, गोरखा लगायत जिल्लाका एक–दुई स्थानमा असिना पानी परेको थियो ।

काठमाडौं उपत्यकामा पनि आज  पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा आज मध्याह्नपछि छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

 

महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज दिउँसो कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

 

यो प्रणाली पूर्वतिर सर्ने क्रममा क्रमशः कमजोर पनि हुँदै गएको छ ।

शुक्रबार दिउँसो पनि कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

शुक्रबार राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।