२०८१ बैशाख २३ , आइतवार

लघुवित्त पीडितहरू द्वारा प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं बाहिरबाट आएका पीडितहरुले बुधबार जुलुसप्रदर्शनसहित भाटभटेनी क्षेत्रमा सभा गरेका छन् ।

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए ।

उनीहरु त्यहाँबाट हिँडेर बुधबार राष्ट्र बैंक घेराउ गर्न बालुवाटार जाने कार्यक्रम थियो ।तर निषेधित क्षेत्रका कारण उनीहरुले भाटभटेनीमा प्रदर्शन र सभा गरे । उनीहरुले लघुवित्त संस्थाहरू खारेजी गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने, कालोसूची र धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् ।