२०८१ बैशाख १७ , सोमवार

नेप्से परिसूचकमा गिरावाट

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।
बुधबार सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।बिहीबार, आइतबार, मंगलबार र बुधबार गरी नेप्से लगातार चार दिन घटेको हो। यसदिन नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २८ प्रतिशत घटेको छ । अघिल्लो दिन ३ अर्ब ११ करोडको कारोबार भएकोमा आज २ अर्ब २४ करोडमा खुम्चियो । कुल ८० कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ९ को स्थिर रह्यो ।

उत्पादनबाहेकका सबै समूह घटे । सबै समूहको गिरावट दर १ प्रतिशतभन्दा मुनि रह्यो । उत्पादन समूह भने २.८४ प्रतिशत बढ्यो । बोटलर्स नेपालका दुबै कम्पनी बालाजु र तराईको मूल्य १० बढ्दा समग्र उत्पादन समूह बढ्न पुगेको हो ।बैंकिङ ३, विकास बैंक २४, फाइनान्स ४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, अन्य १५ र ब्यापार समूह १० अंक घटे । उत्पादन समूह १६३ अंक बढ्यो ।

बोटलर्स नेपाल बालाजु, तराई, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य ८.५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सगरमाथा जलविद्युत्, मोलुङ हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे ।