२०८१ बैशाख १५ , शनिवार

नामिबियासँग नेपालको दोस्रो हार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियासँग दोस्रो हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

अब शुक्रबार नामिबिया र नेदरल्यान्ड्स तथा आइतबार नेपाल र नेदरल्यान्ड्सबीचको खेलपछि यो सिरिज सकिनेछ।