२०८१ बैशाख १७ , सोमवार

प्रतितोला चार सय रूपैयाँ बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार सुन–चाँदीको भाउ बढेको छ।मंगलबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।