
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न सकिन्न, आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सवै क्षेत्रमा समान अवसर र पंहूचले मात्र सामाजिक न्यायको अनुभुती हुने भएकाले हाम्रो साझा प्रयास र प्रतिवद्धता निकै महत्वपूर्ण छ औलाए।उहाँले सामाजिक न्याय प्रति वढदो चासो र आवश्यकताका सम्वन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुदै गएको छ जानकारी दिए।
विश्वसा माजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा रोजगार दाताको तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गरेका थिए।सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए।उहाँले अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गिय, जातिय विविधता रहेको हाम्रो मुलुकको लागि Social Justice को प्रवद्र्धन र सुनिश्चितता चूनौतीपूर्ण रहेको जानकारी दिए।सामाजिक न्यायको अवधारणाले व्यापक तापाई रहेको सन्र्दभमा नेपालमा पछिल्ला वर्षहरुमा सामाजिक न्यायको लागि थुप्रै कामहरु भएका बिषयमा जानकारी दिए।
आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले सामाजिक न्याय प्रवद्र्धनका लागि शुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागि रहेको र सामाजिक न्यायको प्रवद्र्धनमा सहकार्य गर्न प्रतिवद्र्ध रहेको कुरा जानकारी दिए।ढकालले सामाजिक न्यायको लागि नीतिगत सुधार, कानून निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जानकारी दिए।उहाँले कार्यान्वयन पक्षमा देखिएका कमि कमजोरी हटाउन सकिएमा सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने अपेक्षा गरेका कुरा जानकारी दिए।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रर्वद्धन गर्ने कार्यलाई पनि जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए।उहाँले रोजगार दाता र श्रमिक वीच सहकार्य र समझदारी विना श्रम सम्वन्ध दिगो हुन सक्दैन, दिगोश्रम सम्वन्ध नभई सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुंदा सहकार्य र संवादलाई संस्थागत र वलियो वनाउन संयूक्त रुपमा काम गर्ने उदेश्यले हालै FNCCIरJTUCCवीच समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए।