२०८१ बैशाख २२ , शनिवार

अव देखि भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती दिन नपाइने, यस्तो छ सर्वोच्चको आदेश

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार  विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन परमादेश जारी गरेको हो । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा रिट दायर गरेका थिए ।

 

 

अधिवक्ता कोइरालाले भीभीआईपी सवारीका नाममा हैरानी रोक्नुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

 

 

सुरक्षाको वैकल्पिक व्यवस्था हुँदाहुँदै पनि सर्वसाधारणलाई सडकमा रोकेर अतिविशिष्ट व्यक्तिको सवारी चलाउने गरिएको र त्यसले गर्दा नागरिकको स्वतन्त्रताको हक हनन भएको भन्दै कोइरालाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।