२०८१ बैशाख १६ , आइतवार

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ ।मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले ।

७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।