२०८१ बैशाख १७ , सोमवार

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार पनि नेप्से परिसूचक घटेको छ।बिहीबार, आइतबार र मंगलबार गरी नेप्से लगातार तीन दिन घटेको हो। जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो ।यसदिन नेप्से १.७६ अंकले घटेर २०३३.७६ विन्दुमा बन्द भएको छ। दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार भयो । अन्य समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो । हिमालयन रिइन्स्योरेन्सको मूल्य ४.७ प्रतिशत बढ्दा अन्य समूहलाई बढ्न टेवा पुग्यो ।

बैंकिङ ४, होटल तथा पर्यटन ९, हाइड्रोपावर ८, जीवन बीमा ४२, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३ र ब्यापार समूह ९ अंक घटे । अन्य १९, उत्पादन ४०, फाइनान्स १२ तथा विकास बैंक समूह १० अंक बढे ।

बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ७.९ तथा हिमालयन रिइन्स्योरेन्सको ४.७ प्रतिशत मूल्य बढ्यो । ग्रीनलाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको संस्थापक समूहको सेयरमा लकइन खुलेसँगै मूल्य उच्च दरमा घट्यो ।

किसान लघुवित्त वित्तीय संस्थाको ७.७, खानीखोला लघुवित्तको ४.८, आशा लघुवित्तको ४.५ तथा सामलिङ पावरको मूल्य ४.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साना किसान विकास लघुवित्त, जोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र दोर्दीखोला जलविद्युत् कम्पनी क्रमशः अगाडि रहे ।