२०८१ जेठ ५ , शनिवार

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नु भएको छ । उहाँले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताउनु भएको छ।

रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिनु भएको छ। उहाँले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ ।

अल-खाफाजी सोमबार बिहान राजधानी बगदादबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए । उनलाई आइतबार साँझ घर नजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।
अल-खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीहरूको कमाण्ड गरिरहेका थिए । रासस