२०८१ बैशाख १७ , सोमवार

सुन–चाँदीको भाउ स्थिर,आज कतिमा हुँदैछ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।