२०८१ बैशाख १६ , आइतवार

कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र पक्षधरको हस्ताक्षर संकलन

Hindurastra-aviyan-nepal

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको   ललितपुर गोदावरीमा आजदेखि सुरु महासमितिको बैठकमा हिन्दूराष्ट्र पुनस्र्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दूराष्ट्र पुनस्र्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो । बैठकको पहिलो दिन २०४ जना महासमिति सदस्यले हस्तक्षर गरेका छन् ।

 

‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक भण्डारीसहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दूराष्ट्र पुनस्र्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।

उनीहरुले हिन्दूराष्ट्रको एजेण्डालाई विशेष पुरक प्रस्ताव भनेका छन् । यो प्रस्तावको पक्षमा गोदावरीमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान चलाइएको छ ।