२०८१ बैशाख १७ , सोमवार

सुनको भाउ बढ्दा चाँदी घट्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।