२०८१ बैशाख २० , बिहिवार

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

Tribhuwan-UNiversity-TU

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा  शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।

 

सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।

 

त्रिविको उपकुलपति पदका लागि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए ।

कात्तिक १६ गते तत्कालीन उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर प्रा।डा।शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका थिए । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि पुन: ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन् ।