२०८१ बैशाख १७ , सोमवार

निराधार तथा बदनियतपूर्ण भनाइ/समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका र सोहीबमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवाप्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्नअफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्नेे कार्यहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ ।

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशःपालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शी रुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जगजाहेर नै छ।

१) बैंक तथावित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिमजारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने ।

२) अन्तराष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही हुने ।

३) बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै Capital Adequacy Ratio, Liquidity Ratio, CD Ratio, Cash Reserve Ratio लगायतका विभिन्न मुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममित रुपमा आन्तरिक तथा नियामक मार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधानगर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने ।

४) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथाकर्जा सुरक्षण कोष”मार्फत सुरक्षण गरिएको हुने ।

उपर्युक्त तथ्यहरुलाई मध्यनजर गर्दै २०८० पौष मसान्तसम्म कुल ग्राहस्थ त्पादनको ११३.९३% निक्षेप, कुलग्राहस्थ उत्पादनको ९४.४७% कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्यवित्तीय परिसूचकहरु स्वस्थएवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकवर्गको हकहितका विषयमा कुनै पनिजोखिम सृजना नभएको जानकारी गराउदै समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमाप्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सूचितगर्दछौं ।

तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकहरुलाई आग्रह गरेका छन  ।