२०८१ जेठ ६ , आइतवार

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा हुनुभएको छ ।पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ः०६ बजे बैङ्ककको उहाँको उपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्किनुभएको हो ।ले उहाँको उपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् ।

थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताउनुभएको थियो ।देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ ।

थाइल्याण्डको कानुन अनुसार उहाँ ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य हुनुहुन्छ ।थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्किनुभएको थियो तर उहाँलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उहाँलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गर्नुभएको थियो ।थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री हुनुहुन्थ्यो तर सन् २००८ देखि उहाँ स्वनिर्वासनमा हुनुहुन्थ्यो ।  रासस/एएफपी