२०८१ बैशाख १७ , सोमवार

आइतबार पनि बढ्यो सुन चाँदीको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो दिन  आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।