२०८१ बैशाख २३ , आइतवार

नेपाल ए ले आज क्यानडा-११ सँग खेल्दै

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल ए ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा-११ सँग खेल्नेछ ।

 

 

नेपाल ए र क्यानडा ११ बीचको पहिलो खेल आज बिहान ९ : ३० मा माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन् । प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन् ।

नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो । नेपाल ए मा राम्रो प्रदर्शन गर्ने खेलाडी सिनियर टोलीमा पर्नेछन् । सिनियर टोलीको ब्याकअप हो । पहिलो पटक आधिकारिक रुपमा नेपाल ए टोली बनेको पनि हो ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार व्यहोरेको थियो ।