२०८१ जेठ ६ , आइतवार

प्यालेस्टाइनलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता नदिन इजरायली प्रधानमन्त्री नेतन्याहूको आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी राज्यलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताउनुभएको छ ।इजरायलको सरकारमा रहेका प्रभावशाली अति दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन–गिभर र बेजालेल स्मोटरिचले शान्तिका लागि विस्तृत योजना बिषयमा द वासिङ्टन पोस्टमा प्रकाशित समाचारबारे राखेको धारणापछि प्रधानमन्त्री नेतन्याहूको यो भनाइ आएको हो ।

केही अमेरिकी र अरब कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त पत्रिकामा इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच दीर्घकालीन शान्तिका लागि विस्तृत योजनाबारे धेरै अरब देशहरूसँग मिलेर काम गरिरहेको उल्लेख गरिएको छ ।उक्त योजनामा प्यालेस्टिनी राज्यको स्थापनाको लागि एक निश्चित समय सीमा समावेश रहेको थियो ।

नेतन्याहूले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा हिब्रु भाषामा लेख्नुभएको छ, “इजरायलले प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिने कुरामा विरोध जारी राख्नेछ ।”उहाँले भन्नुभयो, “अक्टोबर ७ मा भएको नरसंहारपछि यस्तो मान्यताले अकल्पनीय आतङ्कवादलाई ठूलो इनाम दिनेछ र भविष्यमा हुने कुनै पनि शान्ति सम्झौतालाई रोक्नेछ ।”“इजरायलले प्यालेस्टाइनसँग स्थायी समाधानसम्बन्धी अन्तर्राष्ट्रिय निर्देशनलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ”, उहाँले भन्नुभयो, “शान्ति सम्झौता केवल ‘पूर्वशर्त बिना प्रत्यक्ष वार्ता’ बाट मात्र हुन सक्छ ।

वासिङ्टन पोस्टका अनुसार यो योजना ‘कम्तीमा छ हप्तासम्म चल्ने’ युद्धविरामबाट सुरु हुनेछ र अधिकारीहरूले मार्च १० मा मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि नै सम्झौतामा पुग्न सक्ने आशा व्यक्त गरेका छन् ।सम्झौतामा युद्धमा रोक लगाउने, अक्टोबर ७ मा गाजामा हमासले कब्जामा लिएका बन्धकहरूको रिहाई र प्यालेिस्टनी राज्यको स्थापनाको लागि एक समय तालिका समावेश हुनेछ ।

प्यालेस्टाइनलाई ‘इजरायलको लागि अस्तित्वको खतरा’ को रूपमा वर्णन गर्दै ” स्मोट्रिचले एक्समा लख्नुभएको छ, “वास्तवमा हामी प्यालेस्टाइनीहरूले गरेको भयानक इनामको हकदार छन् भनेर भन्ने योजनामा कहिल्यै सहमत हुनेछैनौँ ।”  रासस/एएफपी