२०८१ जेठ ६ , आइतवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि प्रस्तावहरुमाथि छलफल सुरु

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि  प्रस्तुत प्रस्तावहरुमाथि छलफल सुरु हुँदै छ । छलफलका लागि बिहान ९ बजेदेखि बैठक सुरु हुँदैछ ।

उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव माथि आजदेखि छलफल सुरु हुन लागेको हो ।

 

तीनवटै प्रस्तावहरु बिहीबारको बैठकमा पेस भएका थिए । ती प्रस्तावमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ । केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ ।

त्यसपछि ती प्रस्तावहरु ७ फागुनदेखि ललितपुरको गोदाबरीमा सुरु हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।