२०८१ बैशाख २३ , आइतवार

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल : नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

Nepal-women-cricket-team-1

सुनाखरी न्युज/ पोखरा ।

नेपालले आज एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा  घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ ।

 

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।