२०८१ जेठ ६ , आइतवार

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।