२०८१ जेठ ६ , आइतवार

श्रीलङ्काबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
श्रीलङ्काका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताउनुभएको छ ।राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भन्नुभयो, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।”

टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।दुबईमा लुकेर बसेका श्रीलङ्काको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलङ्का फर्काइएको उहाँले बताउनुभयो ।

“‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलङ्कामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भन्नुभयो ।“इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ ।  रासस/सिन्ह्वा