२०८१ बैशाख २३ , आइतवार

पोखरा म्याराथनः हिमाल हेरर तालको किनारमा दौडदै धावक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पर्यटकीय नगरी पोखरामा यही फागुन ५ गते १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ ।विश्व परिवेशमा चर्चित सहरका नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणाअनुरुप नै यहाँ हरेक वर्ष नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन गर्दै आएको छ ।पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्न वर्षको एक दिन आयोजना गरिने यस प्रतियोगितालाई सहरकै उत्सवका रुपमा मनाउँदै आइएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुुभयो ।

खेलकुदका क्षेत्रमा योगदान गरेका खेलाडी एवं खेलप्रेमीको साझा संस्थाका रुपमा २०५८ सालमा स्थापित मञ्चले पोखरालाई खेल पर्यटनको समेत गन्तव्य बनाउने लक्ष्यका साथ म्याराथन सञ्चालन गर्दै आइएको उहाँको भनाइ थियो ।सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत विभिन्न नौ वटा ‘इभेन्ट’ एकैपटक एकैदिन आयोजना गर्ने मञ्चको तयारी छ । “इभेन्टअन्तर्गत खुला म्याराथन ४२दशमलव १९५ किमी, २१दशमलव ०९७ किमी हाफ म्याराथन महिला, महिला । पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्रछात्रा पाँच किमी दौड तथा ५० वर्ष माथिको भेट्रान महिला पुरुष दौड सञ्चालन हुँदैछन्”, अध्यक्ष पराजुलीले भन्नुभयो ।

सोहीअन्तर्गत यही माघ २७ गते महिला तथा पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड सम्पन्न गरिसकिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्ष पनि हामी पोखरेलीले वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ मा सम्पूर्ण पोखरेलीलाई आह्वान गर्दछौँ ।”मञ्चले तीन वर्षअघिदेखि फागुन पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेबमोजिम नै फागुन ५ गते शनिबार १८औँ संस्करणको उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष पराजुलीले जानकारी दिनुुभयो ।

“हिमालको फेदमा ताल हेर्दै दगुर्न पाइने पोखरा म्याराथन यहाँको महत्वपूर्ण आकर्षण नै बन्दै गएको छ”, उहाँले भन्नुभयो, “पोखराको यस म्याराथनलाई छुटाउन हुँदैन भन्ने जनमत पनि बढ्दै गएको छ ।”म्याराथनका विभिन्न विधामा ४१ जनालाई नगदसहित पुरस्कृत गरिने छ । म्याराथन पोखराको गौरव भएको उल्लेख गर्दै उहाँले यसलाई भव्य र सभ्य बनाउन विभिन्न २३ वटा उपसमिति सक्रियरुपमा लागि रहेको उल्लेख गर्नुुुभयो ।गत वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स) मा दर्ता भइसकेको र पोखरा म्याराथनको रुटसमेत एम्सबाट प्रमाणीकरण भइसकेको पोखरा म्याराथनका अन्तराष्ट्रिय संयोजक तेजबहादुर गुरुङले बताउनुुभयो ।

उहाँका अनुसार यसपटक पोखराका सडकको सवारीसाधनको व्यस्ततालाई मध्यनजर गर्दै दौडको मार्ग पनि परिवर्तन गरिएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सुरक्षाका साथै सवारी आवागमनमा बाधा नपुगोस् भन्ने उद्देश्यले यसपटकको पोखरा म्याराथन पोखरा रङ्गशाला हँुदै मुख्य बजार क्षेत्रभित्र १७ किमी दौडलाई समेटिएको छ । सोअनुसार हल्लनचोकदेखि पोखरा महानगर वडा नं १८, २३ र २४ घाँटीछिना हुँदै पुनःसोही मार्गबाट लेकसाइड हल्लनचोकको क्याम्पिड मैदानमा पुगेर समापन हुनेछ । सवारीचालकलाई म्याराथन रुटमा अत्यावश्यकबाहेक अन्य सवारी साधन नचलाई धावक तथा खेलाडीलाई सम्मान दिन आह्वान गरिएको संयोजक गुरुङले बताउनुुभयो ।

नयाँ मार्गसँगै धावकले सुन्दर प्रकृति नियाल्दै दौडन पाउनेछन् । पोखरा रङ्गशालाबाट सुरु हुने दौड तीन किलोमिटर राजमार्ग हुँदै पोखराको औद्योगिक क्षेत्रभन्दा केही पर पुगेर उत्तरतर्फ कदम मार्गको बाटो हुँदै उक्लिने छन् । कदम मार्गबाट बिपी मार्ग, गौँडाकोमुख, भद्रकाली, सयपत्री चोक(रानीपौवा), जनताचोक, पहेलो पुल तरेर धावक पृथ्वीनारायण क्याम्पसतर्फ जानेछन् । क्याम्पसबाट सिम्पानी चोक, हरिचोक, जिरोकिलोमिटरबाट हल्लनचोक पुगिनेछ । हल्लनचोकबाट खहरे, खपौदी, पामे हुँदै घाँटी छिना पुगेर धावक फिर्ता हुनेछन् । घाँटीछिनाबाट फर्केर हल्लनचोकस्थित क्याम्पिङचौर(साईट)मा पुगेर धावकले म्याराथन पूरा गर्ने भएका छन्।

यो म्याराथन पोखरा म्याराथनको इतिहासमा मात्रै नभई नेपाली एथलेटिक्सको इतिहासमा सम्पूर्ण दौडहरू पूर्ण प्रविधिमैत्री भएको मञ्चले जनाएको छ । म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशि वृद्धि गर्ने लक्ष्यअनुरुप आगामी दिनमा पोखरा म्याराथनको प्रथम पुरस्कारको राशि रु १० लाख पु¥याउने लक्ष्यका साथ मञ्च लागिरहेको अध्यक्ष पराजुलीले जानकारी दिनुुभयो ।

यस वर्षको म्याराथनमा विदेशी राष्ट्रबाट उल्लेख्य सङ्ख्यामा उपस्थिति रहने उहाँले जानकारी दिनुभयो । म्याराथनमा बेलायतबाट छ धावक सहभागी बन्नेछन् भने चीनबाट पाँच जना सहभागी बन्नेछन् । त्यस्तै केन्या, बङ्गलादेश, जर्मनी र जापानबाट तीन÷तीन जना सहभागी बन्नेछन् । क्यानडा, फ्रान्स, हङ्कङ, भारत, साउदी अरब, ताइबान, अमेरिकाबाट एक÷एक जना सहभागी बन्नेछन् । हाप म्याथनमा पाँच विदेशीको सहभागिता रहने जनाइएको छ ।

म्याराथनअन्तर्गत १० किलोमिटरमा पुरुष ११ र तीन महिला विदेशीको सहभागिता रहनेछ । त्यस्तै म्याराथनमा कूल एक सय आठ जना, हाप म्याराथनमा एक सय ७८ जना, पाँच किमी पुरुषमा नौ सय ९० जना र महिलामा चार सय ८६ जना, १० किमी पुरुषमा एक सय २९ जना र १० किमी महिलामा २९ जना सहभागी बन्नेछन् भने पाँच किमी महिला÷पुरुष भेट्रानमा १०÷१० जना सहभागी बन्ने जनाइएको छ ।नयाँ मार्गअन्तर्गत यस संस्करणको म्याराथनले पोखराका १७ वटा वडालाई छुने मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिनुुभयो ।  वासुदेव पौडेल र कृष्ण दवाडी/रासस