२०८१ बैशाख १७ , सोमवार

ललितले गरे नामिबियाका ओपनिङ ब्याटरलाई आउट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाएको छ।

ललित राजवंशीले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए । उनी आउट हुँदा नामिबियाले ५.३ ओभरमा २७ रन बनाएको छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।