२०८१ जेठ ६ , आइतवार

माओवादीको केन्द्र प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन जारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि विभिन्न समूहबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनुहुनेछ ।  रासस