२०८१ बैशाख १७ , सोमवार

आज सुनको भाउ स्थिर हुुँदा बढ्यो चाँदी

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आजस्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।