२०८१ बैशाख १७ , सोमवार

गरिमा समृद्धि योजना सञ्चालन गर्न धितोपत्र बोर्ड समक्ष निवेदन पेश

Capture

गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष “गरिमा म्युचूअल फण्ड”अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी (Close-Ended)योजनाको रुपमा“गरिमा समृद्धि योजना –Garima Samriddhi Yojana” सञ्चालन गर्ने प्रयोजनार्थ मिति २०८० साल माघ महिना २८ गते नेपाल धितोपत्र बोर्ड (SEBON)समक्ष दर्ता गर्नको लागि निवेदन पेश गरिएको छ ।

प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँअङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितो पत्रबोर्डको म्युचूअल फन्डको पाइप लाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।यस संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा(Portfolio Management Services – PMS )तथा निक्षेप सदस्य(Depository Participant – डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवाप्रवाह गर्दै आएको छ।गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीगरिमा क्यापिटल लिमिटेड नेपालधितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।