२०८१ बैशाख १६ , आइतवार

५.९१ अंकले बढ्यो नेप्से

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।
बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेको छ।आज नेप्से ०.२८ प्रतिशतले बढेर २०७६.५० विन्दुमा बन्द भएको छ। दुई समूह उच्च दरमा बढ्दा बजारको परिसूचक नेप्से ५.९१ अंक बढ्न पुगेको हो ।विकास बैंक २.३८ र फाइनान्स समूह ६.५ प्रतिशत बढे । जसले गर्दा उच्च पुँजीकृत समूह बैंकिङ तथा हाइड्रोपावर घट्दा पनि समग्र बजार बढ्न पुग्यो ।

आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब २५ करोडको भयो । कुल १३२ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ४ को स्थिर रह्यो ।बैंकिङ २, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३, जीवन बीमा २८ तथा ब्यापार समूह १० अंक घटे । अन्य १८, निर्जीवन बीमा ४३, माइक्रोफाइनान्स १२, उत्पादन ५, फाइनान्स ११६ र विकास बैंक समूह ९६ अंक बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । श्रीइन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ८ प्रतिशत बढ्यो ।

दोर्दीखोला जलविद्युतको ५.२, पिपुल्स पावरको ५, कुथली बुकरी स्मल हाइड्रोको मूल्य ४.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, गोर्खा फाइनान्स, प्राइम कमर्सियल बैंक संस्थापक, जोशी हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।