२०८१ बैशाख १६ , आइतवार

महिला क्रिकेट : कुवेतले नेपाललाई दियो ७४ रनको चुनौती

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा कुवेतले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको हो ।

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे ।कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिए ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका हुन् । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

नेपालले हङ्कङ र भुटानलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो । कुवेतले समूह चरणको खेलमा म्यानमार र सिङ्गापुरलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । रासस