२०८१ बैशाख १७ , सोमवार

सुन-चाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच?

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।